पछिल्लो २४ घण्टामा थप २००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ६५० वटा नमूना (पीसीआर १०,६५८ र एन्टीजेन ३,९९२) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ जनाको मृत्यु भएको छ भने १८ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा ११ हजार ७०० जनाले (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् ।

हालसम्म मुलुकमा ३३ हजार ९४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ७८६ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म आईसीयूमा ५४४ जना, भेन्टिलेटरमा १६६ जना, होम आइसोलेशनमा ३१,६१९ जना, संस्थागत आइसोलेशनमा २,३२७ र क्वारेन्टाइनमा ३०२ जना रहेको तथ्यांकमा उल्लेख छ ।

१७,भाद्र.२०७८,बिहीबार १६:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्