जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

कोरोनाका बेला कांग्रेस महाधिवेशन नगर्न माग गर्दै सर्वोच्चमा रिट दायर

4.33K
shares
khanepani bord

काठमाडौ । काठमाडौ कोरोना महामारीका बेला नेपाली कांग्रेसको महाधिवेशन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

कांग्रेस बागमती प्रदेश सभा सदस्य रहेका नरोत्तम वैद्यले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन्।

‘महाधिवेशन रोक्ने मेरो माग होइन, कोरोना महामारी छ केही समय पर सारौं भन्ने हो,’ वैद्यले भने, ‘कोरोना कम होस्। सबै नेपालीले खोप लगाउने वातावरण मिलेपछि भव्यताका साथ महाधिवेशन गरौं भन्ने हो।’

आफूले रिट दिएर महाधिवेशन रोक्न नखोजेको उनले दाबी गरेका छन्।

‘कांग्रेस महाधिवेशनमा भिडभाड हुन्छ। यसले कोरोना नफैलाओस् भन्ने हो,’ उनले भने।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले कोरोनाका बेला कांग्रेस महाधिवेशन गर्न नहुने मागसहित आएको रिट दर्ता भइसकेको बताए।

‘रिट दर्ता भइसक्यो, आइतबार पेशी तोकिन्छ,’ उनले भने। कांग्रेसको वडा अधिवेशन शुक्रबारदेखि छ भने केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म छ।

khanepani