विद्युत प्राधिकरणले माग्यो झन्डै साढे ३ सय नयाँ कर्मचारी

काठमाडाै । नेपाल विद्युत प्राधिकरणले झन्डै साढे तीन सय जना नयाँ कर्मचारीका लागि विज्ञापन खोलेको छ।

शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न पदका लागि ३ सय ३९ जना कर्मचारी मागेको हो।

अधिकृत र सहायकस्तरमा सह-निर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा विज्ञापन खोलिएको हो। लिखित र अन्तर्वार्ताका माध्यमबाट परीक्षा हुनेछ।

इच्छुक उम्मेद्वार असोज ७ गतेसम्म र दोब्बर शुल्क तिरेर १४ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ।

१८,भाद्र.२०७८,शुक्रबार ०९:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्