महाधिवेशनबाट कांग्रेसलाई शसक्त बनाउने अभियानमा होमिइसकेका छौं: देउवा (भिडिओ)

काठमाडाै‍ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा पार्टी होमिइसकेको बताएका छन्।

वडा अधिवेशन सुरू हुनुभन्दा केही घन्टा पहिले भिडिओ सन्देश जारी गर्दै देउवाले पार्टीलाई थप बलियो बनाउने अभियानमा होमिइसकेको बताए।

‘म तपाईंहरूलाई जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्दछु। १४ औं महाधिवेशनमार्फत् हामी कांग्रेसलाई शशक्त बनाउने अभियानमा होमिइसकेका छौं,’ उनले भने।

कांग्रेस बलियो भएको कुरा घरघरमा पुर्‍याउन पनि उनले अपिल गरेका छन्। कोरोना महामारीबीच पनि महाधिवेशन गर्नुपरेको भन्दै देउवाले स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न अपिल गरेका छन्।

भिडिओ:

१८,भाद्र.२०७८,शुक्रबार १०:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्