अर्घाखाँचीमा माइक्रो बस दुर्घटनाहुदाँ एक जनाको मृत्यु, घाइते ५ जना

नेपाली जनता

काठमाडाै । शनिबार बिहानै अर्घाखाँचीमा भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका वडा नम्बर ३ बरबोटमा भएको हायस माइक्रो दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।

काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बा३ख ८६३९ नम्बरको हायस शनिबार बिहान शितगंगा-३ बरबोटस्थित नेपाली सेनाको ब्यारेक नजिकै दुर्घटनामा परेको हो।

इलाका प्रहरी कार्यालय ठाडाका अनुसार हाइसमा चालक र सहचालक सहित १३ जना सवार रहेकोमा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन्। अहिले दुर्घटनामा घाइते भएकाको उद्धार गरी उपचारको लागि बुटवल पठाइएको छ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि गाडी सडकबाट १ सय मिटर तल झरी रुखमा अडिएको प्रहरीले जनाएको छ।

लुम्विनी प्रदेश टाफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा भुमिकास्थान नगरपालिका वडा नम्बर ९ अर्घाखाँचीका ३२ वर्षीय सञ्जष विक रहेका छन्।

घाइते हुनेमा भुमिकास्थान-१ का पिपलनेटा श्याम नेपाली, भुमिकास्थान-८ का केशव खत्री र भुमिकास्थान धारापानीका हायस चालक सुजन रायमाझी, सहचालक टेकराज बन्जाडे, सन्धिखर्क १२ डिभर्नाका गोविन्द बस्याल, सन्धिखर्क-११ की समीक्षा शाह, सन्धिखर्क-१ की सीता मुखिया, मालारानी-५ का गंगाबहादुर खत्री, भुमिकास्थान १ का लोक नेपाली र सप्तरीका खड्क कुमार साह रहेको पाण्डेले जानकारी दिए।

यो पनि पढ्नुहोस  कंगोबाट फिर्ता फौज सुडानमा, कंगोबाट फर्काइएका १ सय ५० जना शान्ति सेनालाई दक्षिणी सुडान पठाउने प्रक्रिया सुरु
१९,भाद्र.२०७८,शनिबार ११:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: