काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

चार किलो सुनसहित नेपालगञ्ज एयरपोर्टबाट दुई पक्राउ

4.54K
shares
khanepani bord

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज गएका दुई जनालाई प्रहरीले विमानस्थलबाट सुनसहित पक्राउ गरेको छ।

शुक्रबार दिउँसो श्री एयरबाट नेपालगञ्ज विमानस्थल उत्रिएका दुई जनालाई प्रहरीले चार किलो २१ ग्राम सुनसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा झापा खुदुनाबारीका २६ वर्षीय लगुन विश्वकर्मा र मोरङ लेटाङका २६ वर्षीय बुद्धिमान खाती रहेका छन्।

उनीहरूले आफूले लगाएको जुत्ताको दायाँ-बायाँ तलुवा र झोलामा सुन लुकाएर लगेको भेटिएको नेपालगञ्ज प्रहरीले जनाएको छ।

उनीहरू दिउँसो ३ बजे नेपालगञ्ज विमानस्थल उत्रिएका थिए। दुबैमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

khanepani