काठमाडाै । भारतबाट नेपाल ल्याइएको ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको औषधी प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय लहानको टोलीले शनिबार बिहान एउटा अटोबाट औषधी बरामद गरेको हो।
बिहान राति सवा २ बजे लहान नगरपालिका-१९ कटहा चोकबाट लु १ स ८००७ नम्बरको अटो चेकजाँच गर्दा ठूलो परिमाणमा औषधी फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
बरामद भएको तीन खालको औषधी रहेको लहानका प्रहरी नायब उपरीक्षक तपन दाहालले बताए।
रिकल-केटु-सेभेन नामको औषधी ३५ लाख ९३ हजार ९२०, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १६० र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७२० रूपैयाँ बराबरको बरामद भएको दाहालले जानकारी दिए।
‘कागजात नभएकाले भन्सार छलेर ल्याइएको भन्ने बुझिन आएको छ,’ दाहालले भने।
बिहान राति आफू गस्तीमा निस्केका बखत अटो आइरहेको र प्रहरीलाई देख्नासाथ अटोमा रहेका व्यक्तिहरू फरार भएको दाहालले बताए।
फरार व्यक्तिहरूको खोजी भइरहेको दाहालले बताए।
‘औषधी निकै महंगो खालको देखिएको छ, यो नेपालमा एकदमै कम मात्रामा आयात हुने गरेको बुझिएको छ,’ दाहालले भने।
प्रतिक्रिया दिनुहोस्