काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

एमाले जुम्लाको सिंगै कमिटी माधव नेपालको समाजवादीमा

4.89K
shares
khanepani bord

काठमाडाै‍ । एमालेको जुम्ला जिल्ला कमिटी माधवकुमार नेपालको एकीकृत समाजवादी पार्टीमा विलय भएको छ।

शनिबार पत्रकार सम्मेलन गरी जिल्ला पार्टी कमिटीले सिंगै कमिटी समाजवादीमा गएको जनाएको हो।

जुम्लामा एमालेको ६१ सदस्यीय जिल्ला कमिटी थियो। तीन जनामध्ये सिंगो कमिटी समाजवादीमा गएको जिल्ला अध्यक्ष तीर्थबहादुर बुढाले बताए।

त्यस्तै, निर्वाचित जनप्रतिनिधिहरूमध्ये प्रदेश ख का सांसद पदम रोकायालगायत नगरपालिकामा जितेका सबै वडा अध्यक्षहरू पनि समाजवादीमा गएका छन्। अन्य जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्ममा सनाखत गर्न आह्वान गरिएको उनले बताए।

भदौ २३ गते समाजवादीको भेला गर्ने निर्णय भएको बुढाले बताए।

IME
khanepani