काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी दर्ता अवैधानिक रहेको भन्दै निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा आज तोकिएको छ ।
एमाले अध्यक्षको रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै अोलीले नेकपा एकीकृत समाजवादी खारेजीको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्