काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)मा कर्मचारी यूनियनहरुले आफ्ना पहिलो चरणको आन्दोलनको कार्यक्रम भोलीबाट सूरु गर्ने भएका छन ।
यसरी शुरु गरिने आन्दोलनबारे तय गरिने पहिलो बैठकमा कर्मचारी युनियनहरुका नेताहरु नै विभाजित भएका छन । नवलसिंह साउदले नेतृत्व गरेको यूनियनबाट महासचिव कर्णबहादुर घनामगर, उपाध्यक्ष पुष्प भण्डारी, उपाध्यक्ष नन्दु तण्डुकार र महिला उपाध्यक्ष कमला कठियत लगायत दर्जनौ नेताहरु सहभागि भएनन ।
त्यसैगरि दक्ष पोख्रेलले नेतृत्व गरेको युनियनबाट स्यंम अध्यक्ष पोख्रेल, राजेन्द कुमार बम लगाएतका नेताहरु उपस्थित नभएको केयूकेएल कर्मचारी युनियन स्रोतले बताएको छ ।
केयूकेएल व्यवस्थापन र कर्मचारी युनियनहरुवीच भएको सहमति कार्यन्वयन नभएको भन्दै केयुकेएलका पाँचबटा यूनियनहरुले संयूक्तरुपमा आन्दोनल गर्ने घोषणा गरेका छन ।
पूर्वप्रधानमन्त्री ओली सरकारका समयमा नियुक्ती पाएका केयूकेएलका सिइओ मिलनकुमार शाक्य विरुद्ध प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्ति हुनासाँथ आन्दोलनको घोषणा हुनु संयोग कि पूर्व तयारी छुट्याउन मुस्कील परेको छ ।
कर्मचारीहरुले निक्कै आक्रमक ढंगले आन्दोलन गर्ने घोषणा गरेर व्यवस्थापनलाई ज्ञापन पत्र बुझाएपनि आन्दोलनको पूर्व कार्यक्रमको स्वरुप भने परिवर्तन भएको छ । पहिलो एक हप्ता केन्द्रिय कार्यालय र शाखाहरुमा आफ्ना मागसहितको व्यानर बनाएर राख्ने र एक हप्ता नै शाखाहरुमा कर्मचारीहरुलाई आन्दोलनबारे पुष्टि गरिने भएको छ ।
त्यसपछि व्यवस्थापनले कर्मचारी यूनियनहरुका मागबारे संबोधनको पहल नगरेमा दोस्रो चरणको कार्याक्रम तय गरिने कुरा बैठकमा सहभागि एक कर्मचारी युनियनका नेताले बताएका छन ।
केयूकेएलको आन्दोलनको पक्ष, विपक्ष र केयूकेएलको भ्रष्टाचार र अनियमितताका विषयमा गहिरो विश्लेषण सहित चिरफार गर्दै आएको नेपाली जनता पत्रिको बारेमा समेत केयूकेएलको संयुक्त कर्मचारीहरुको बैठकमा मुख्य एजेन्डा बनेको थाहा भएको छ ।
कर्मचारीहरुको आन्दोलनको औचित्य के ? किन आन्दोलन र यस भित्रका गोप्य विषयहरुमा प्रवेश नै नगरि प्रकाशित समाचारले समेत कर्मचारीहरुको बैठकमा एजेन्डा बन्नुले समाचारहरुको पुष्टि समेत गरेको छ ।
गोपनियताका हिसावले अनियमितता र भ्रष्टाचारदेखि केयुकेएल भित्रका काण्डै काण्डका समाचार प्रमाणसहित भएपनि प्रकाशित गर्न असमर्थ छौं । समाचार प्रकाशित भएपछि हुने परिमाण दुखत पनि हुन सक्ने भएकाले प्रकाशित गर्न नसकेको विषयलाई नजरअन्दाज नगर्न समेत हामि कर्मचारी युनियन र व्यवस्थापनलाई समेत सचेत गराउन चाहन्छौ ।
निहित स्वार्थले अभिप्रेरित भएका केयूकेएलका कर्मचारका नेताहरुले आन्दोलन भन्दा पहिले आफुभित्रका निहित स्वार्थ र अरुप्रतिको कुण्ठालाई त्याग्दै सम्पूर्ण कर्मचारीहरुको हित र संस्था सूधारमा लाग्नु पहिलो कर्तव्य हुन आउँछ ।
लुटि ल्याउने र मोजमस्ती गर्नका लागि नेताहरु हुने प्रवृत्ति अन्त गर्दै युनियनका अध्यक्ष र महासचिव केन्द्रिय कार्यालयमा काज बस्ने निर्णय पहिलो गरेर आन्दोलन गर्ने हो भने आन्दोलनको पुष्टि हुने छ ।
नेताहुने र कमाउने शाखामा बस्ने, आफ्ना मान्छे र आफ्नो गुटलाई मलजल गर्ने नेताबाट आन्दोलन उठ्न सक्ने परिकल्पना समेत गर्न सकिदैन ।
आन्दोलनकारी नेताहरुले केयूकेएल सुन्दरीजल टिट्मेन्ट प्लान्टका कर्मचारीहरुको रोदन र दुःखलाई के संम्बोधन गरे त ? मेलम्चीको पानी पोखरीमा छैन ? दिन रात सुख्खा पोखरी कुरेर दैनिक हिलो र धुलो बाटोमा सार्वजनिक सवारी साधनमा आउँजाउ गर्ने कर्मचारीहरुको दुःख यो आन्दोलनले पुरा गर्ला ?
प्रतिक्रिया दिनुहोस्