काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

नख्खु कारागारमा नाइके र कैदीबन्दीबीच लफडा, ललितपुरबाट पठाइयो थप प्रहरी फोर्स

5.21K
shares
khanepani bord

काठमाडौं । ललितपुरको नख्खु कारागारमा नाइके र कैदीबन्दीहरूबीच लफडा भएको छ।

आइतबार दिउँसो एउटा ब्लकका नाइके र कैदीबन्दीहरूबीच विवाद भएको कारागार व्यवस्था विभागका महानिर्देशक जनकराज दाहालले जानकारी दिए।

‘सामान्य विवाद, भनाभन भएको थियो। कहिलेकाँही आन्तरिक विवाद हुन्छ,’ दाहालले भने, ‘झडप नै भएको भन्ने होइन। त्यही पनि अहिले साम्य भइसकेको छ।’

के विषयमा विवाद भएको हो भन्ने बारेमा सोधिखोजी गरिएको उनले बताए। कैदीबन्दीहरूले आफ्ना माग राखेर ज्ञापन पत्र जेलरलाई बुझाएका छन्।

विवाद भएको खबरपछि महानगरीय प्रहरी परिसर ललितपुरबाट थप प्रहरीसमेत पठाइएको छ। परिसरबाट ४० जना प्रहरीको टोली परिचालन गरिएको प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए।

‘एउटा ब्लकमा समस्या देखिएको रहेछ, अहिले समस्या भयो। भीडभाड भयो भन्ने खबर आएको हो,’ महर्जनले भने, ‘त्यसपछि हाम्रो ४० जनाको टोली पठाएका छौं, टोली केही थप समस्या आउँछ कि भनेर कम्पाउन्डमा तैनाथ बसिरहेको छ।’

IME
khanepani