सेलेघाटदेखि साँघुटारको सडक खण्डका ठेकेदार शाही चेक बाउन्स मुद्दामा पक्राउ

काठमाडौं । चेक बाउन्स मुद्दामा एक जना ठेकेदार पक्राउ परेका छन्।

बानेश्वरमा रहेको सिद्धिसाई कन्स्ट्रक्सनका सञ्चालक दीपेन्द्र शाहीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार पक्राउ गरेको हो।

शाहीविरूद्ध रत्नबहादुर खड्का र कपिल घिमिरेले चेक बाउन्सको मुद्दा हालेका थिए। तीमध्ये खड्काले शाहीलाई मिटर ब्याजमा पैसा दिएका थिए। उनको चार करोड ९३ लाख र घिमिरेको ५ करोड रुपैयाँको चेक पटक-पटक बाउन्स भएपछि प्रहरीमा मुद्दा हालेका थिए।

परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले शाहीमाथि थप अनुसन्धान भइरहेको बताएका छन्।

डोल्पाका निर्माण व्यवसायी शाहीले यसअघि अर्का मिटरब्याजी गणेश उप्रेतीविरूद्ध मुद्दा हालेका थिए।

दुई करोड २० लाख रुपैयाँ तिर्नुपर्ने हिसाब रहेकोमा उप्रेतीले १४ करोड हिसाब पुर्‍याएर पीडित बनाएपछि उनले जाहेरी दिएका थिए। यीनले रामेछाप जिल्लाको सेलेघाटदेखि साँघुटारको सडक समेत अलपत्र पारेका छन ।

२०,भाद्र.२०७८,आईतवार २१:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्