मकवानपुर। हेटौंडा उपमहानगर तथा आसपासका क्षेत्रमा तीनपाङ्ग्रे अटो तथा मयुरी चालक महिलालाई तुल र पञ्जे बाजासहित सम्मान गरिएको छ ।
गणपती बाबा बचत तथा ऋण सहकारीले तीजको अवसर पारेर ट्राफिक सचेतना तथा तिज विशेष कार्यक्रमको आयोजना गरेर अटो चालक महिलाहरुलाई तुल राखेर पञ्जे बाजासहित सम्मान गरेको हो ।
कार्यक्रममा सहभागी हुन आएका महिलाहरुलाई ‘तुल’ ( मन्दिरमा भगवानको शिरमाथी राखिने कपडा) मुनि राखेर कार्यक्रम स्थलमा सम्मान व्यक्त गरिएको सहकारीका अध्यक्ष बिष्णुप्रसाद घिमिरे ‘ध्रुर्व’ ले बताए ।
हेटौंडामा २१ जना अटो तथा मयुरी चालक महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अटाोतथा मयुरी चालक महिलाहरुलाई कार्यक्रममा दोसल्ला र प्रमाणपत्रसहित दर खुवाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्