एमसीसीबारे तथ्यमा आधारित बहसलाई स्वागत गर्छौं: अमेरिकी दूतावास

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तथ्यमा रहेर हुने बहसको पक्षमा रहेको बताएको छ ।

सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नकारात्मक टिप्पणी नगर्न सचेत गराइरहेका बेला अमेरिकी दूतावासले भने आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको र एमसीसीबारे पनि तथ्यमा आधारित भएर हुने बहसलाई स्वागत गर्ने बताएको छ ।

दूताबासले सोमबार साँझ ट्वीट गर्दै भनेको छ, ‘लोकतन्त्रमा आफ्नो विचार शान्तिपूर्ण ढंगले व्यक्त गर्ने अधिकार हुन्छ ।’

२१,भाद्र.२०७८,सोमबार २०:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्