काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

गगन थापाले भने, ‘पार्टीलाई विधानसम्मत र व्यवस्थित तरिकाले चलाउन महामन्त्रीमा मेरो उम्मेदवारी’

4.43K
shares
khanepani bord

काठमाडाै‌ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीलाई व्यवस्थित र विधानसम्मत तरिकाले चलाउनका लागि आफूले महामन्त्रीको उम्मेदवारी दिएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व विकास र भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता थापाले पार्टीको महामन्त्री बनेपछि चार वर्षमा अधिवेशन गराउने र पार्टीका साथीहरूलाई अनसन बस्नुपर्ने स्थिति आउन नदिनको लागि महामन्त्रीमा उम्मेदवारी दिएको बताए।

नेता थापाले पार्टीका आन्तरिक समस्याहरुलाई हल गर्न सके मात्र पनि आधा समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले पार्टीको व्यवस्थापन गर्न नसक्नेले देश, नगर, सहर बनाउँछु भनेर नपत्याइने बताए।

उनले भने, ‘नेपाली कांग्रेस पार्टी विधानको अक्षर अक्षर पालना गरेर चलेन भने यो पार्टीले आफ्नो स्थिति बसाल्न सक्दैन, अहिले हामीले पाएको धेरै दुःखको कारण यही हो, पार्टीलाई अक्षरशः विधानको आधारमा चलाउन सक्यौं भने हाम्रो धेरै समस्याको हल हुन्छ।’

थापाले आफूलाई केही नेताहरूले महामन्त्री बनेपछि के गर्छस् भनेर सोधेको पनि बताए।

IME
khanepani