काठमाडौं । आफ्नो अभिष्टपुरा गराउन आन्दोलनको मोर्चा बनाएका केयूकेएल कर्मचारी युनियनका नेताहरु आन्दोलन स्थगनको अचुक अस्त्रको खोजीमा रहेका छन ।
आन्दोलनको एजेन्डा तयारीका लागि बसेको बैठकमा नेपाली जनता अनलाइन पत्रिकाले लेखेको समाचार नै पहिलो एजेन्टाकारुपमा प्रस्तुत भएपछि कर्मचारीहरुका माग पुरा गराउन बसेको बैठकमा उपस्थित कर्मचारी युनियनहरुका नेताहरु झस्केका थिए ।
केयूकेएलमा कर्मचारीहरुका हक, हित र अधिकारका लागि भनेर खोलिएका छुट्टाछुट्टै स्वार्थ समुहका ५ वटा युनियनहरुले संयुक्तरुपमा कर्मचारीहरु मागहरु व्यवस्थापनसँग राखेर आन्दोलनको शुरुवात गरेको छन ।
यहि आन्दोलनको शुरुवात गर्ने अघिल्लो दिन अर्थात यहि आइतवार बसेको संयुक्त बैठकमा बैठकको अध्यक्षता गर्ने एक युनियनका अध्यक्ष नवलसिंह साउदले नेपाली जनता अनलाइन पत्रिकाका सम्पादक र संचालकलाई कारवाहि गर्न संयुक्त निर्णय गर्ने प्रस्ताव पहिलो नम्बरमा राखेरका थिए ।
उनी कार्यरत शाखा महांकालचौरमा भएको अनियमितता र भ्रष्टाचारका समाचार श्रृखंलाबद्ध रुपमा नेपाली जनतामा पोष्ट हुर्दै आएका छन । उनले आन्दोलनलाई कसरी सफल बनाउने र यस आन्दोलनमा कसरी धेरै कर्मचारीहरुको समर्थन लिने भन्दा पनि आफुले गरेका भ्रष्टाचार अनियमिततालाई छोप्न पहिलो एजेन्डा बनाउनुले उनी आन्दोलनबाट भाग्न खोजेको प्रष्ट हुन्छ । उनले बैठक सकिनासाँथ व्यवस्थापनका अधिकारीहरुलाई भेटेर आन्दोनल गर्ने इच्छा त थिएन तर, साथिहरुले बाध्य पारे भनेर दुःख समेत व्यक्त गरेका थिए ।
जाउलाखेल शाखामा बसेर नक्कली विल बनाएर लाखौ असुली धन्दा चलाउने लेखा प्रमुख तथा नेपाली कांग्रेस रामचन्द्र पौडेल समुहका अध्यक्ष शन्त बोहोरा यस पटकको सरुवामा आफुलाई महाराजञ्ज वा महांकाल चौरमा सरुवा गरिदिन रातदिन सिइओको चाकडी समेत बजाई रहेका छन । उनी पनि यस आन्दोलनलाई यहि आफ्नो सरुवा कमसल ठाउँमा हुन नदिने प्रपञ्चका रुपमा प्रयोग गरिहेका छन ।
त्यसैगरि खिचडी यूनियनका अध्यक्ष नवलसिंह साउदको पनि महांकाल चौरको खरिद र प्रशासन प्रमुख जोगाउने अर्को डिजाइन हो यो आन्दोलन । यसैगरि महात्मा तथा शिबभक्त ज्ञानि सद्गुरु दक्ष पोख्रेलले नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट युनियनकी महासचिव शारदा बोहोरालाई पनि अरु केहि समय पिआईडी बसि रहने बातावरण बनाउनु परेकाले यो आन्दोलन गर्नु पर्ने आवश्यकता देखिएको बताउनेहरु पनि केयूकेएलमा भेटिएका छन ।
आफुलाई स्वतन्त्र भन्न रुचाउने क्रान्तिकारी यूनियनका नेताहरुलाई आफ्नो नयाँ र अलिक कमजोर युनियनको अवस्थालाई यहि समयमा नै बलिष्ट बनाउने आवश्यकता रहेकाले पनि अहिलेको आन्दोलन गर्नु पर्ने आवश्यकता परेका हो बताउनेहरु पनि केयूकेएल परिसरमा भेटिएका छन ।
आन्दोलनकारीहरुलाई केयूकेएल व्यवस्थापनको तर्फबाट आन्दोलनका कार्यक्रम रोकेर बार्ता र सहमतिको बाताबरण बनाउन आब्ह्रान सहितको पत्र लेखिएको पनि बुझिन आएको छ । व्यवस्थापनले बोर्ड बैठकमा आन्दोलनरत कर्मचारीहरुको मागपत्रलाई पनि एजेन्डाका रुपमा लैजाने तयारी गरेको बुझीन आएको छ ।
आन्दोलनकारी कर्मचारीहरुले आफ्ना मागलाई कालो व्यानरमा लेखेर केयूकेएलको केन्दीय कार्यालयको मुख्य ढोकामा टाँसेका छन । त्यसै गरि आन्दोलनका विषयमा पनि केयूकेएलका सिइओ मिलनकुमार शाक्यलाई जानकारी गराएको आन्दोलनरत कर्मचारीका नेताहरुले बताएका छन ।
केयुकेएलले शाखा प्रमुखहरु तथा शाखाका कर्मचारीहरुको सरुवा कसरी हुन्छ, त्यो हेरेर आन्दोलनको स्वरुप परिवर्तन वा स्थगन हुन सक्ने अनुमान पनि आन्दोलनरत कर्मचारीहरुको तर्क रहेको छ ।
प्रतिक्रिया दिनुहोस्