काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

पदाधिकारीविहीन वाईसीएलको केन्द्रीय समिति बैठक बस्दै

5.21K
shares
khanepani bord

काठमाडौं। नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको केन्द्रीय समितिको पहिलो पूर्ण बैठक आज बस्दै छ। दिउँसो ११ बजे बस्ने बैठकमा पदाधिकारी चयन गर्ने एजेन्डा रहेको निर्वतमान सचिव पुष्प वलीले जानकारी दिए।

नेतृत्वमा दावेदार रहेकाहरुबीच सहमतिमा जुट्न नसक्दा पदाधिकारीविहीन केन्द्रीय समिति घोषणा भएको थियो । घोषित केन्द्रीय समितिको पहिलो बैठकबाट नेतृत्व चयन गर्नेसहमतिमा चार दिनसम्म चलेको राष्ट्रिय सम्मेलन सकिएको थियो ।

२३१ सदस्यीय केन्द्रीय समिति बनाउने घोषणा गरेको वाईसीएलले बाँकीलाई पछि नियुक्ति गर्ने गरी २०४ केन्द्रीय सदस्यको घोषणा गरेको थियो । आज ती सदस्यहरुले पदाधिकारी चयन गर्नेछन्।

अध्यक्षका लागि तीनजना दावेदार छन् । सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानले अध्यक्षमा दावी गरेका छन् । २०७४ सालमा भदौमै भएको राष्ट्रिय भेलाबाट दीपशिखा अध्यक्ष चयन हुँदा देवकोटा उपाध्यक्ष थिए भने सेर्पाली महासचिव थिए ।

त्यस्तै महासचिवमा चारजना आकांक्षी देखिएका छन् । कसम गुरुङ, गणेश शाही, मिङमादुण्डु शेर्पा र नवराज ढुंगाना ‘विश्वास’ ले महासचिवमा चाहना राखेका छन् । यसमध्ये शाही र ढुंगाना सचिव थिए भने शेर्पा कोषाध्यक्ष थिए ।

IME
khanepani