काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

मनाङका स्थानीय तह प्रशासकीय अधिकृतविहीन

4.03K
shares
khanepani bord

मनाङ । यहाँका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारी अभाव भएको छ ।

प्रमुख प्रशासकीय अधिकृतसहित कर्मचारी सरुवा तथा बढुवा भई अन्यत्र गएकाले सेवाग्राही मर्कामा परेका हुन् । जिल्लाका नासों, चामे, ङिस्याङ र नार्पाभूमि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् ।

सरुवा भएर आउने प्रमुख प्रशासकीय अधिकृत जिल्लामा आइपुगेका छैनन् । बाढीपहिराका कारण सडक सञ्जाल विच्छेद भएकाले उनीहरु जिल्ला आउन समस्या भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सडक समस्याले कर्मचारी आउन ढिलाइ भएको बताए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाका काम अगाडि बढाउन समस्या भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए ।

जिल्लाका विभिन्न कार्यालय प्रमुख सरुवा भएका छन् । दुई महिनादेखि सहायक प्रमुख जिल्ला अधिकारीविहीन भएको छ ।

IME
khanepani