काठमडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले कार्की आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

पुरा पढ्नुहाेस्

सांसदलाई देउवाको निर्देशन : एमसीसीबारे बुझेकाहरु बोल्नुस्, नबुझेका नबोल्नुस्

5.32K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएका थिए । जवाफमा संसदीय दलका नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताए ।

यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै उनले भने, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् ।’

तर एमसीसीबारे अनावश्यक भ्रम फैलिएको भन्दै उनले भने, एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’

IME
khanepani