नेतृत्वलाई एमाले सांसदको प्रश्न : एमसीसीबारे पार्टीको धारणा के हो ?

काठमाडौं । नेकपा एमालेका सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीको धारणा मागेका छन् ।
प्रतिनिधिसभाको अधिवेशन सुरु हुनुपूर्व बसेको संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका हुन् ।

कतिपय सांसदहरुले जनताले ‘नो एमसीसी’ भनेकाले त्यसअनुसार निर्णय गर्नुपर्ने बताए । सांसद निरुदेवी पालले भनिन्, ‘जनताले नो एमसीसी भनेका छन्, त्यसलाई बुझेर लागू हुनुपर्छ भनेर नजाऔं ।’

सांसदहरु विमला विक, जुली महतो लगायतले पनि जनताको भावना अनुसार निर्णय हुनुपर्ने बताएका छन् ।

२३,भाद्र.२०७८,बुधबार १२:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्