इजरायलकै सुरक्षित जेलबाट फिल्मी शैलीमा सुरुङ खनेर भागे ६ कैदी

काठमाडौं । इजरायलको सबैभन्दा सुरक्षित मानिने गिलोबा जेलबाट ६ जना कैदी फरार भएका छन् । यी सबै कैदी प्यालेस्टाइनी नागरिक हुन् । उनीहरुविरुद्ध हत्या, हत्या प्रयासलगायत गम्भिर अभियोग दर्ज थियो । इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेट्टले यस घटनाको पुष्टि गरेका छन् । घटनाको छानविनका लागि मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति गठन गरेको छ ।

मिडिया रिपोर्टर्सअनुसार प्यालेस्टाइनीहरुले केही दिनदेखि नै भाग्ने योजना बनाइरहेका थिए । उनीहरु सुरुङ खनेर भागेका हुन् । ती कैदीहरूले त्यस्तो ठाउँमा सुरुङ खने, जहाँबाट केही दूरीमा जेलको पर्खाल र अर्कोतर्फ सडक छ । त्यसपछि खेत आउँछ । त्यहीकारण यहाँ धेरै मानिस हुँदैनन् ।

सबै कैदीहरू जेलको पर्खालभित्रबाट खनिएको सुरुङ हुँदै सडकमा निस्किए, र त्यहाँबाट खेततर्फ लागे । केही किसानहरुले उनीहरुलाई देखेका थिए र इजरायली अधिकारीहरुलाई जानकारी दिए । त्यसपछि छानविन गर्दा सुरुङ खनिएकोबारे थाहा भयो ।

सामाजिक सञ्जालमा सुरुङसहितको सडकको फोटो भाइरल भइरहेको छ । तर, प्रहरीले यस घटनाबारे केही जानकारी दिएको छैन । उसका सबै अधिकारीहरु छानविनमा व्यस्त छन् । कैदीहरूको खोजी पनि जारी छ । यसका लागि इजरायली पुलिसले ड्रोन र हेलिकप्टर पनि प्रयोग गरिरहेको छ । ‘घटनाको धेरैजसो जाँच पूरा भइसकेको छ । चाडैं नै हामी फरार कैदीहरूलाई फेरि गिरफ्तार गर्नेछौं,’ एक ईजरायली अधिकारीले भने । यस छानविनमा गुप्तचर एजेन्सीका अधिकारीहरु पनि सहभागी छन् ।

प्यालेष्टाइनमा यी कैदीहरुले जेल तोडेको खुसीयालीमा मिठाई बाँडिएको छ । बेस्ट बैंक र प्यालेस्टाइनका केही हिस्सामा मानिसहरुले सडकमै मिठाई बाँडे । यस दौरान बाटोमा हिँडिरहेकाहरुलाई रोकेर मिठाई बाँडियो ।

https://twitter.com/JoshBreiner/status/1434755365414002691

२३,भाद्र.२०७८,बुधबार १३:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्