काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका...

पुरा पढ्नुहाेस्

घरघरमा राष्ट्रिय झण्डा फहराएर संविधान दिवस मनाउन आग्रह

5.4K
shares
khanepani bord

काठमाडौं । सातौं संविधान दिवस आगामी असोज २ देखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ ।

मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिको बुधबारको बैठकले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चारमाध्यमलाई आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा प्रचारप्रसार उपसमितिका संयोजक डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा मन्त्रालयमा बिहान बसेको बैठकले संविधान दिवसका दिन नेपालको राष्ट्रिय झण्डा आआफ्ना घरघरमा राख्न अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

संविधान दिवसको शुभकामना सन्देश वा एसएमएस नेपाल टेलिकममार्फत व्यापक रुपमा पठाउने तथा डिस्प्ले बोर्डमा सन्देश प्रसारण गराउने, नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष संवाद, परिसंवादलगायत जनचेतनामूलक कार्यक्रम प्रसारण–प्रकाशन गराउने, राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क प्रकाशन गराउने निर्णय गरेको छ ।

काठमाडौं उपत्यका र बाहिरका डिस्प्ले बोर्डमा शुभकामना सन्देश राख्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई समन्वय गर्न पनि बैठकले आग्रह गरेको छ । नेपाली सैनिक मञ्च, टुँडिखेलमा हुने औपचारिक समारोहको प्रत्यक्ष प्रसारण भने नेपाल टेलिभिजन र रेडियो नेपालले गर्नेछन् ।

khanepani