सिंहदरबारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताहरुको सहभागिता रहनेछ ।

यस्तै गठबन्धन दलको संसदीय फाँटको जिम्मेवारीमा रहेका अधिकारीका साथै मन्त्रीहरुको पनि बैठकमा सहभागिता रहेको छ । यस्तै मुख्यसचिव शंकरदास बैरागी पनि बैठकमा रहेका छन् ।

बैठकमा सत्तारुढ दलको तर्फबाट संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे साझा रणनीति बनाइने बताइएको छ । यस्तै संसदको लैजाने एजेन्डालगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

आज राष्ट्रपतिको आह्वानमा अपराह्न ४ बजे संसद बैठक बस्दैछ भने एमालेले संसद अवरुद्ध पार्ने चेतावनी दिइसकेको छ ।

२३,भाद्र.२०७८,बुधबार १५:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्