काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्ति उन्मादको एक रुप भएको निश्कर्ष निकालेको छ । बुधबार एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसहितका नेताहरु संसदमा उपस्थित भए संसद चल्न नदिने बताएका थिए । ओलीको उक्त अभिव्यक्ति मिडिया खपतको विषय मात्रै भएको विश्लेषण गरेको नेकपा एकीकृत ।
समाजवादीका सांसद विरोध खतिवडाले जानकारी दिए । उनले ‘माधव नेपालसहितका नेता संसदमा उपस्थित भए संसद चल्न नदिने फैसला गर्ने ओली को हुन् ?’ भन्दै प्रश्न समेत गरे । खतिवडाले संसदको नियमावली २१ र संविधानको धारा १०५ ले अदालतमा चलेको विचाराधीन मुद्दामा संसदमा बहस गर्न पाइने छैन भन्ने स्पस्ट व्यवस्था भएपनि ओलीले अनावश्यक आरोपहरू लगाएको बताए ।
‘ओलीको यो उन्माद हो भन्ने विश्लेषण गर्यौ’ खतिवडाले आफुहरु संसदमा सहभागी हुने र संयमता अपनाउने पनि जानकारी दिए । ‘हामी संसदमा उत्ताउलो हुँदैनौ, संयमता अपनाउँछौ । संसदीय मर्यादा पालना गर्छौ तर हामी माथि आरोप लगाइन्छ भने त्यसका लागि तयार छौ’ खतिवडाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्