काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित

4.54K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बुधबारको बैठक स्थगित भएको छ ।

राष्ट्रियसभाको बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै यसले लोकतन्त्र र संविधानमाथि प्रश्न उठेको बताए । यो विषयको निरुपण नभएसम्म बैठक चल्न नदिने उनले बताए । त्यसपछि एमाले सांसदहरु सिटबाट उठेका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाको समस्या प्रतिनिधिसभामा नै निरुपण हुने भन्दै राष्ट्रियसभा सञ्चालन गर्न दिन माग गरे । तर एमाले सांसदहरु सिटमा उठिरहेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

khanepani