काठमाडाै । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बाँकी रहेका वडाहरूमा तत्काल अधिवेशन गरिनुपर्ने जाेड दिएका छन ।
५६ जिल्लाका वडामा अधिवेशन भए पनि २१ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको छैन। ती जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली पनि पार्टी वेबसाइटमा राखिएका छैनन्।
अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरूका वडामा छिटो अधिवेशन गरेर मंसिरमा १४ औं महाधिवेशन सुनिश्चित गर्नुपर्ने सिंह बताउँछन्। अधिवेशन कार्यतालिकाअनुसार नै अगाडि बढाइनुपर्ने सिंहको भनाइ छ।
आज बिपी कोइरालाको जन्मजयन्तीमा बिपीको योगदान स्मरण गर्दै सिंहले बलियो कांग्रेस र सक्षम नेतृत्व भए मात्र संस्थापक नेता बिपीले देखेका सपना पूरा गर्न सक्ने कांग्रेस बन्ने बताए।
उनले कांग्रेसलाई बलियो बनाउन आफ्नो ठाउँबाट सबैले शशक्त भूमिका खेल्नुपर्ने पनि बताए।
कांग्रेसले भदौ १८ मा देशैभर वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो। कांग्रेसमा यसपटक ९ लाख क्रियाशील सदस्य छन्।
प्रतिक्रिया दिनुहोस्