एमसीसी उपाध्यक्षको आगमनलाई लक्षित गरी सरकारले काठमाडौंमा सुरक्षा व्यवस्था बनायो कडा
वि.सं.२०७८ भदौ २४ बिहीवार १०:१४
shares

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
नेपाली समाज एमसीसीको पक्ष र विपक्षमा विभाजित भएको छ । आज आउन लागेकि मेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणमा एमसीसी विरोधी पक्षले गर्ने अबरोधलाई लक्षित गरि सरकारले सुरक्षा व्यवस्थालाई कडा बनाएको हो ।

एमसीसीको विरोधमा प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंका प्रमुख चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सिनामंगल, थापाथली, नयाँबानेश्वर, पुतलीसडक, माइतीघर, महाराजगञ्ज लगायतका स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गणको टोली परिचालित भएका छन् ।
अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता एमसीसीको विरोधमा केही दिनयता काठमाडौं उपत्यकामा दिनहुँजसो प्रदर्शन हुँदै आएको छ । बुधबारमात्रै काठमाडौंमा ६ सय सुरक्षाकर्मी परिचालित थिए भने एक दर्जन बढी प्रदर्शनकारी पक्राउ परेका थिए ।
नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला एमसीसीकी उपाध्यक्ष फतिमा सुमार बिहीबार नेपाल भ्रमणमा आउँदैछिन् ।
























