कांग्रेस नेता सत्यालको उपचारका लागि संकलित रकम हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडासदस्य निरज सत्यालको उपचारका लागि साढे ६ लाख रुपैयाँभन्दा बढी रकम हस्तान्तरण गरेका छन् ।

क्यान्सरबाट पीडित सत्यालको उपचारका लागि संकलित ६ लाख ६४ हजार ६ सय ५८ रुपैयाँको चेक कांग्रेस नेताहरु प्रकाशमान सिंह, गगन थापा र काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले बिहीबार हस्तान्तरण गरेका हुन् ।

सो रकम अमेरिका निवासी कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीको पहलमा संकलन गरिएको थियो ।

२४,भाद्र.२०७८,बिहीबार ११:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्