अफगानिस्तानलाई २० करोड युआन सहयोग दिने चीनको घोषणा

काठमाडौं । चीनले अफगानिस्तानलाई २० करोड चिनियाँ युआनबराबरको सहयोग दिने घोषणा गरेको छ । जसमा खाद्यान्न आपूर्ति र कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप पनि सामेल छ । चीनले यसअघि नै अफगानिस्तानमा हालै बनेको तालिबानको सरकारसँग काम गर्न इच्छुक रहेको बताइसकेको छ ।

चीनले अफगानिस्तानको नयाँ अन्तरिक सरकारको गठन कानुन–व्यवस्था कायम राख्नका लागि आवश्यक रहेको बताएको छ । अमेरिकाले भने आफू अहिले नै तालिबानलाई मान्यता दिने पक्षमा नरहेको बताएको छ । यस्तोमा चीनले भने नयाँ सरकारलाई सहयोगसमेत घोषणा गरेको हो ।

चीनका विदेशमन्त्री वाङ यीले बुधबार अफगानिस्तानका छिमेकी मुलुकहरुको बैठकको क्रममा यस्तो घोषणा गरेका हुन् । उनले अन्य मुलुकलाई पनि अफगानिस्तानलाई सहयोगको लागि आग्रह गरेका छन् । चीनले अफगानिस्तानलाई ३० लाख डोज कोरोना खोप पनि उपलब्ध गराउने भएको छ ।

चीनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता जाने निर्णयको खुलेर आलोचना गरेको छ । चीनले अमेरिकी सेनाले अफगानिस्तानमा ‘विध्वंस’ मच्चाएको आरोप लगाएको छ ।

यो पनि पढ्नुहोस  प्रधानमन्त्री ओलीको कटाक्ष 'कम्युनिस्टको बर्को ओढेर बाटामा बस्नेहरुले कम्युनिस्ट आन्दोलनलाई गराए बदनाम'
२४,भाद्र.२०७८,बिहीबार १२:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: