मालेका नेताहरु प्रहरी नियन्त्रणमा

काठमाडौं । नेकपा मालेका केन्द्रीय नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आएको विरोधमा नेकपा (माले) र अनेरास्ववियू (पाँचौं) को संयुक्त आयोजनामा कालो बेलुन र कालो ब्यानर प्रदर्शन गर्दा नेताहरुलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा मालेका स्थायी कमिटी सदस्यद्वय डम्बर श्रेष्ठ, कृष्ण राना, पोलिटब्युरो सदस्य दुर्गाप्रसाद जैसी र काठमाडौं जिल्ला कमिटी सचिव सिद्धि महर्जन रहेका छन् ।

मालेले पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । मालेले एमसीसी राष्ट्रघाती भएको दावी गर्दै चरणबद्ध रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

२४,भाद्र.२०७८,बिहीबार १४:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्