काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

स्थिर देखियो शेयर बजार, ७ अर्बको कारोबार

4.81K
shares
khanepani bord

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार स्थिर देखिएको छ । दिनभरको उताचढाव बिच बजार बन्द हुँदा ० दशमलव ०२ प्रतिशतले मात्रै बजार घटेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.२८ प्रतिशतले मात्रै घटेको छ । समग्रमा बजार घटेपनि ठूलो गिगरावट छैन ।

व्यापार, हाइड्रोपावर, जीवन बीमा र लगानी समूहमा रहेका कम्पनीहरुको शेयर मूल्य बिहीबार बढेको छ भने यस बाहेकका कम्पनीहरुको मूल्य घटेको छ । कारोबार रकममा पनि उल्लास देखिएन ।

बुधबार ९ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार जम्मा ७ अर्ब भन्दा थोरे बढीमात्रैको शेयर किनबेच भएको छ ।

khanepani