केयूकेएल क्षेत्रपाटी शाखाका प्रमुख श्रेष्ठले ठेकेदारसँग मिलेर करिब ५० लाख पारे झ्याँम, अख्तियारमा उजुरीको तयारी

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड क्षेत्रपाटी शाखाका प्रमुख निर्गेन्द श्रेष्ठले लिक मर्मत र बाहिरी चक्रपथको काममा व्यापक अनियमितता र भ्रष्टाचार गरेको समाचार छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको यो शाखा विगत वर्षमै त्रिपुरेश्वर शाखा र महाराजगञ्ज शाखामा गाम्नु पर्नेमा शाखा प्रमुखका कारण त्यो प्रक्रिया अगाडि बढ्न सकेको छैन । यो शाखामा बाहिरी चक्रपथमा करोडौको काम टेण्डर नगरिकन एक लौटी ठेकेदारसँग मिलेर करोडौ हात पार्न सफल भएका श्रेष्ठ लाखौ भ्रष्टाचार गर्न यो शाखा नगाभिकन बसेका छन ।

मेलम्चीको लिक मर्मतमा श्रेष्ठ र लेखापाल मिलेर करिव ५० लाख बराबरको काम नगरिकन विल मात्र बनाए खाएको तथ्य फेला परेको छ । यस शाखाले एक ठेकेदार मार्फत दश वटा निर्माण व्यवसायीको फर्म ल्याएर ठेकेदारलाई भ्याटसहित करिव ३० प्रतिशत दिएर आफुहरुले ७० प्रतिशत खाएको तथ्य फेला परेको हो । फर्म जम्मा पार्ने विचौलियाले फर्म वालालाई भ्याट सहित करिव २१ प्रतिशत दिएको पनि ठेकेदारहरुले बताउने गरेका छन ।

यसै विषयमा क्षेत्रपाटीका प्रमुखसँग बुझ्न खोज्दा उनले भने, हामिले नियम अनुसार कागजपत्र मिलाएका छौं । काम पनि गरेका छौ । यो पैसा यहाँ मात्र कहाँ खान पाइन्छ यो माथिसम्म भाग लाग्छ भन्दै उम्कन खोजे । । यस शाखामा काम गर्ने कर्मचारीहरुलाई काम नदिइ ढुकुलन्डक बनाएका छन । त्यहा प्राविधिक काम गर्ने कर्मचारीले नेपाल सरकारमा इन्जिनियरमा नाम निकालेर गएका कारण उनी सबै दोष तिनै कर्मचारीलाई थोपरेर उम्कने प्रयास गर्दै आएका छन ।

लेखापाल र श्रेष्ठले काम नै नगरिकन पैसा खाएपछि त्यहाका कर्मचारीले अख्तियारमा उजुरी दिने तयारी गरेका छन । यसै हप्ता त्यहाका कर्मचारीहरुले उजुरी दर्ता गर्ने तयारी गरेको समाचार स्रोतले दावी गरको छ ।

पुरानो बस्ती र धेरै पुरानो पाइप लाइन भएका कारण यहाँ ठुलो संख्यामा लिक हुने अनुमान सहित रकम विनियोजन भएको थियो । तर, श्रेष्ठ र लेखापालले अन्य कमृचारीहरुको आखाँमा छारो हालेर ठुलो राशि अनियमितता गरेको समाचार प्राप्त भएको छ । श्रेष्ठको काम देखेर महानगरपालिका वाड नं १७ वडाध्यक्ष समेत उनीसँग आगो भएका छन ।

२४,भाद्र.२०७८,बिहीबार १६:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्