क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूलाई राष्ट्र बैंकको कडा चेतावनी

काठमाडौं । डिजिटल मुद्राको नामा अवैध ‘क्रिप्टोकरेन्सी’ को कारोबारमा संलग्न विरुद्ध नियामक निकाय राष्ट्र बैंकले कडा चेतावनी दिएको छ । पछिल्ला दिनहरुमा मुलुकमा डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) को नाममा विभिन्न खालका अवैध मुद्राहरूको कारोबार गर्ने, प्रयोग गर्ने तथा माइनिङ्ग गर्ने र माइनिङ्ग गर्न अरुलाई प्रोत्साहन गर्ने सम्ममा गतिविधि बढेको पाइएको भन्दै बैंकले बिहीबार चेतावनी पूर्ण सूचना जारी गरेको हो ।

यस्तो कार्य विदेशी विनिमय ऐन, २०१९ को विरुद्ध समेत रहेकाले सोही ऐन बमोजिम क्रिप्टोकरेन्सी प्रयोग नगर्न, नगराउन सार्वजनिक सूचना जारी गरिएको बैंकले जनाएको छ । यदि त्यसो गरेको पाइएमा प्रचलित कानूनबमोजिम कडाभन्दा कडा कारबाही (सजाय) हुने समेत बैंकले चेतावनी दिएको छ ।

हाल डिजिटल करेन्सीको रुपमा विश्वका विभिन्न देशहरुमा बिट्क्वाइन, इथर, सोलान, कारडानो, हेक्स, बिटक्वाइन क्यास, लाइक्वाइन, टेरान, पीआई लगायतका सयौं संख्यामा रहेका डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) हरु चलनचल्तीमा रहेका छन् । यी विश्वका केही मुलुकहरुमा प्रचलनमा रहेपनि नेपालमा भने हालसम्म पनि अवैध मानिएको छ ।

२४,भाद्र.२०७८,बिहीबार १७:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्