काठमाडौं । नेपाल थोक औषधि व्यवसायी संघको सचिव पदबाट व्यवसायी माधप अधिकारीले राजिनामा दिएका छन ।
उनले राजिनामा पत्रमा लेखेका छन, ‘म आज भन्दा करिब २० वर्ष अघिदेखि औषधी व्यवसायमा संलग्न रही व्यवसायका धेरै आरोह अवरोह हरु देख्दै ,भोग्दै, छिचोल्दै र व्यक्तिगत तथा व्यावसायिक आरोप प्रत्यारोपहरुको सामना गर्दै समय सापेक्ष सकारात्मक सोचका साथ आफूलाई सम्झाउँदै बुझाउँदै अघि बढी रहेको थिए र छु। ज्ञात रहोस् की आगामी दिनमा पनि म मेरो कर्तव्यबाट कहीँ कतै विमुख नहुने बाचा बन्धन पनि गर्दछु।
यही अघि बढ्ने क्रममा यो औषधी व्यवसायलाई मर्यादित बनाउनु अत्यन्तै आवश्यक रहेको महसूस गरी सम्पूर्ण नेपाल अधिराज्य भरी छरिएर रहनु भएका औषधी थोक व्यवसायीहरुको प्रतिनिधित्व गर्ने गरी हामी केही थोक व्यवसायी मित्रहरु मिली सकारात्मक सोचका साथ व्यावसायिक हकहित साथै व्यवसाय संरक्षण गर्ने संकल्पका साथ सम्पूर्ण औषधी थोक व्यवसायीहरुलाई एकताबद्ध गरी व्यवसायलाई व्यवसायिक मर्यादामा राख्दै नेपाली जनताहरुको औषधीमा पुर्णत: पहुच पुर्याउने, व्यवसायलाई एकरुपता प्रदान गर्ने स्वच्छ उद्देश्य राखी संस्था दर्ता ऐन २०३४ को अधिनमा रही नेपाल औषधी थोक व्यवसायी संघ, विधान २०७३ तयार गरी विधिवत् दर्ता गरियो र सो संस्थालाई विधिवत् रूपमा पूर्णता दिने क्रममा म यो संस्थाको संस्थापक गरिमामय सचिव पद धारण गरी विधि र विधानको अधीनमा बसी विशुद्ध मन, वचन र कर्मले सेवा गर्ने उद्धेश्य बोकी अघि बढ्यौं। तर समय चक्रले यसरी घुमायो की एक पक्षीय सकारात्मक सोच, साथ, सहयोग, समर्पण र परिवर्तन का लागि सकारात्मक पहल निरन्तर गरी रहँदा पनि निरर्थक बन्यो जसले केवल यो मनमा पीडा बोध भयो जसले गर्दा सम्मानित संस्थालाई सदा शिरोपर राख्ने तत्कालीन समयको सोच धरासायी बन्न पुग्यो।
आज म अत्यन्तै पीडाबोध गर्दै स्वयंको पहलमा जन्माएको संस्थाबाट बिदा लिन गरिरहेको छु।
किन ? आखिर किन ?
मेरो आज यस धरतीमा आएको स्वर्णिम दिन सो दिनलाई स्मरण गर्दै जीवनका आरोह अवरोह पार गर्दै जाँदा आज एका बिहानै मेरो ४८वसन्त प्रवेश गर्ने क्रममा गरिएका कार्यहरूको मूल्याङ्कन गर्दै जाँदा एक नेपाल थोक औषधी व्यवसायी संघ पनि पर्यो। सो संस्थाकाे विधान २०७३काे परिच्छेद २ काे दफाहरुलाई आत्मसाथ के कति गरियो भनी मूल्यांकन गर्ने क्रममा आफैलाई आफै प्रति ग्लानि महसूस भयो । विडम्बना भनौं की दुर्भाग्य मैले सोचे जस्तो गर्न सकिन्, सायद मैले सकारात्मक सोच्नु उपयुक्त समय थिएन कि!
तसर्थ मैले आफैसँग आत्मालोचना गरी यस संस्थाको गरिमामय पदमा बसिरहनु वा ओगटी रहनु उचित न लागेकोले बाहिर नै बसी आज उप्रान्त व्यावसायिक हकहित व्यवसाय संरक्षण लगायतमा अनवरत लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु। र यसै मेरो विज्ञप्ति मार्फत आज कै दिनदेखि सो संस्था सँग कुनै पनि आधिकारिक सम्बन्ध न रहेको जानकारी गराउँदछु।”
धन्यवाद।
प्रतिक्रिया दिनुहोस्