अमेरिकामा कोरोना सङ्क्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो

अमेरिका । अमेरिकामा अस्पताल भर्ना हुने सङ्क्रमित बालबालिकाहरूको सङ्ख्यामा बृद्धि भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन् ।

अमेरिकामा नयाँ शैक्षिक सत्र सुरु भएको केही समयमै बालबालिकामा सङ्क्रमणको असर धेरै देखिन थालेको छ । अमेरिकामा देशभरी नै डेल्टा भेरियन्ट फैलिएको छ । चिकित्सकहरुले पनि डेल्टा भेरिएन्ट र शैक्षिक सत्रको सुरुवातका कारण धेरै बालबालिका सङ्क्रमित भएको बताएका छन् ।

अमेरिकाको केन्द्रीय स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले गत मंगलबार मात्रै दुई हजार ३९६ जना बालबालिका कोरोनाभाइरसका कारण अस्पताल भर्ना भएको जनाएको छ । यो सङ्ख्या निकै धेरै भएको पनि अधिकारीहरुले बताएका छन् । अमेरिकामा कोरोनाभाइरसको महामारी सुरु भएको समय सन् २०२० को अगस्टदेखि अहिलेसम्म कुल ५५ हजार बालबालिका कोरोनाका कारण अस्पताल भर्ना भएका छन् ।

कोरोनाभाइरसका कारण मृत्यु भएका बालबालिकाहरूको सङ्ख्यामा पनि बृद्धि हुँदै गएको पाइएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म ५२० जनाको मृत्यु भइसकेको छ ।

यो पनि पढ्नुहोस  सेती प्रादेशिक अस्पतालमा बढ्न थाले कोरोनाका गम्भीर बिरामी
२५,भाद्र.२०७८,शुक्रबार १८:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: