पुरानै संरचनामा फर्कियो दैलेख एमाले

दैलेख । दैलेखमा नेपाल कम्युनिष्ट पार्टी एमाले पुरानै संरचनामा फर्किएको छ । शुक्रबार सम्पन्न जिल्ला सचिवालयको बैठकले १० बुँदे सहमति, अपानि र विधान बमोजिम पार्टी संगठनलाई अद्यावधिक गर्ने निर्णय गरेको हो । साथै दैलेखमा एमालेले पार्टी विभाजनको असर खासै नपरेको पनि निष्कर्ष निकालेको एमाले दैलेखका नेता विष्णु रिजालले जानकारी दिए ।

पार्टी पुरानै संरचनामा फर्किएसँगै वडा र पालिका तहमा काम केन्द्रीत गर्ने निष्कर्षका साथ ०७५ जेठ २ का कमिटीलाई आधार बनाएर जिम्मेवारी समेत तोकिएको उनले बताए । उनकाअनुसार जिल्लाका ११ वटै स्थानीयतहमा रहनेगरी पदाधिकारीको जिम्मेवारी तोकिएको हो । जसअनुसार नारायण नगरपालिकाको संयोजकमा गोपाल नेपाली, सह–संयोजक लोमन शर्मा, महावु गाउँपालिकाको संयोजकमा मीनबहादुर बुढा, सह–संयोजक उपेन्द्रबहादुर सिंह, नौमुले गाउँपालिकाको संयोजकमा शशीराम विक, भगवतीमाई गाउँपालिकाको संयोजकमा नरेन्द्रबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै डुंगेश्वर गाउँपालिकामा मानबहादुर विष्ट, गुराँस गाउँपालिकामा संयोजक पशुपति शर्मा, सह–संयोजक कर्णबहादुर विक, दुल्लु नगरपालिकामा संयोजक खगेन्द्र थापा, सह–संयोजक रुद्रबहादुर शाही, भैरवी गाउँपालिकामा संयोजक प्रेमबहादुर बुढा, सह–संयोजकमा सर्बराज महतारालाई जिम्मेवारी दिइएको छ ।

चामुण्डा विन्द्रासैनी नगरपालिकाको संयोजकमा रंगबहादुर तामाङ, सह–संयोजक हस्तप्रसाद शर्मा, ठाटीकाँध गाउँपालिकाको संयोजकमा धीरबहादुर शाही, सह–संयोजक कर्णबहादुर शाही र आठबीस नगरपालिकाको संयोजकमा ओमजंग शाही, सह–संयोजक कलम विकलाई जिम्मेवारी दिइएको छ ।

जिम्मेवारी दिइएका अधिकांश नेताहरु स्थानीयतहका जनप्रतिनिधिहरु हुन् । साथै जिल्ला कमिटीका बाँकी सदस्यको कार्यविभाजन छिट्टै बस्ने जिल्ला कमिटीको बैठकबाट गरिने बताइएको छ ।

२६,भाद्र.२०७८,शनिबार १३:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्