काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

एमाले र समामुख वीचको टक्करको बाबजुद आज पनि संसद बैठक बस्दै, बैठक चल्न नदिने एमालेको रणनिति यथावत

4.41K
shares
khanepani bord

काठमाडौं । प्रमुख प्रतिपक्षको निरन्तरको संसद अवरोधका वीचमा सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।

शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। सभामुख र एमाले वीचको टकराव निक्कै पेचिलो बन्दै भएको छ । सभामुखले एमालेसँग कुनै संवादको पहल गरेका छैनन । उनी एमालेलाई पेलेरै संसद चलाउने सोचमा देखिएका छन भने एमाले पनि सभामुखलाई संसद चलाउन नदिने मुढमा देखिएको छ ।

संघीय संसद सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि संसद बैठक डाकिएको छ। पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संदन निरन्तर अवरोध गरिरहेको छ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले विरोध गरेको छ। एमाले फुटाउन सभामुखले भूमिका खेलेको आरोप एमालेका सांसदहरूले लगाएका छन्।

एमाले फुटेर माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) गठन भइसकेको छ।

khanepani