केयूकेएल क्षेत्रपाटी शाखामा श्रेष्ठ र आमात्यको दादागिरी, अख्तियार, सम्पत्ती सुद्धिकरण र शतर्कतामा मुद्धा हाल्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)का पानी बढुवा र्निगेन्द्र श्रेष्ठले क्षेत्रपाटी शाखामा बसेर व्यापक अनियमितता र भ्रष्टाचार गरेको समाचार छ । उनले यस शाखामा बसेर पाइपलाइन, मर्मत र ढलको काममा व्यापक अनियमितता गरेको त्यहाँका कर्मचारीहरुले समेत पुष्टि गरिसका छन । केयूकेएलमा एक से एक इन्जिनियरहरु हुदाँ पनि ओभरसियरलाई ६ वर्षसम्म एउटै शाखामा प्रमुख दिएर राख्नुले पनि उनको अनियमितता र भ्रष्टाचारमा हौसला बढेको हो ।
श्रेष्ठ र लेखा प्रमुख सुनैया दास आमात्यको गठजोरले यो शाखा थिथिलो भएको छ । लेखा प्रमुखले अनियमित काम गराउन श्रेष्ठलाई उक्साउदै आएको बुझिएको छ । लेखा प्रमुम आमात्य र कार्यालय प्रमुखको गठजोरमा मेलम्चीको पानी केयूकेएलको पुरानो पाइपलाईनमा जोडिएपछि हुन सक्ने लिक र त्यसको मर्मतका लागि काम नै नगरिकन लाखौ खाएको त्यहाँ कार्यरत कर्मचारीहरु र ठेकेदारले खुल्लारुपमा आरोप लगाएका छन । त्यो आरोपलाई दुईभाई सुनेको नसुने जस्तो गरेर पचाइरहेका छन ।
लेखापालको यहि मंसिरमा अनिवार्य अबकाश हुने भएका कारण पनि उनले जागिरको अन्तिम समयमा मौकामा चौका हानेको बताउनेहरु पनि केयूकेएल क्षेत्रपाटी शाखामा धेरै छन ।
ठेकेदारहरुले बुझाउनु पर्ने रकम लेखापाललाई बुझाउने र लेखापालले प्रमुख श्रेष्ठलाई दिने गरेका छन ।
क्षेत्रपार्टीमा यस वर्ष गरेका कामको फाइल चेक जाँच गर्ने हो भने त्यहाँको भ्रष्टाचारको नालिबेली थाहा हुने कुरा त्यस शाखामा निर्माणको काम गर्ने निर्माण व्यवसायीहरुको तर्क रहेको छ । सेटिङमा अकुत कमाएका श्रेष्ठ अख्तियारमा मुद्धा परे पैसाले मिलाउछु जस्ता तर्कहिन कुरा गरेर शाखाका कर्मचारीहरुलाई तर्साउने गरेका छन । पत्रिकामा छापिएको समाचारको क्लीपसहित अख्तियार दूरुपयोग अनुसन्धान आयोग, सम्पत्ती सुद्धिकरण विभाग र शतर्कता केन्द्रमा समेत लेखापाल आमात्य र श्रेष्ठ विरुद्ध मुद्धा दर्ताको तयारी भएको समाचार स्रोतले बताएको छ । श्रेष्ठसँग जनप्रतिनिधिहरु समेत रुष्ट देखिएका छन । यस क्षेत्रमा पर्ने वडा अध्यक्षहरुलाई पास गरेर चुनाव हारेका नेताहरुलाई साथमा लिएर कमिशनमा रमाउने श्रेष्ठलाई कारवाहिको माग भइरहेको छ ।

केयूकेएल क्षेत्रपाटी शाखाका प्रमुख श्रेष्ठले ठेकेदारसँग मिलेर करिब ५० लाख पारे झ्याँम, अख्तियारमा उजुरीको तयारी

२७,भाद्र.२०७८,आईतवार १०:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्