एमाले अध्यक्ष ओलीले भने, ‘सभामुखलाई माइक हान्ने योजना थिएन, तर, आबेगमा त्यस्तो हुन सक्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई माइक हान्ने आफूहरुको पूर्व आयोजना नभएको बताएका छन।

बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्ने क्रममा शुक्रबार एमाले सांसद रेखाकुमारीले गृहमन्त्रीको माइक खोसेकी थिइन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखको टाउकोमा माइक हाल्ने योजना रहेको प्रतिक्रिया दिएकी थिइन् ।

तर संसदीय दलको आइतबार बसेको बैठकमा एमाले संसदीय दलका नेता एवं अध्यक्ष ओलीले त्यो कुराको खण्डन गरे । ‘माइक हान्ने योजना थिएन, नभएको कुरा बोल्नु हुँदैन’, उनले भने । कुनै पनि सांसदले आबेगमा आएर त्यो काम गरेको हुन सक्ने पनि उनले बताए ।

२७,भाद्र.२०७८,आईतवार १३:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्