प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेका सांसद र सभामुख बीच दोहोरी

काठमाडौं । आज बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेका सांसद र सभामुख अग्निप्रसाद सापकोटाबीच दोहोरी चलेको छ । एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर जस्ता नारा लगाए भने सभामुखले सदन सहज ढंगले सञ्चालन गर्न आग्रह गरे । एमाले सांसदहरु महेश बस्नेत, कृष्णगोपाल श्रेष्ठ, नीरु पाल लगायतले सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।

एमाले सांसदहरु

पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद
संसदीय मर्यादा कायम गर
गैर सांसदलाई प्रवेश निषेध गर
यथास्थितिमा संसद चल्न सक्दैन
संवैधानिक सर्वोच्चता कायम गर

सभामुख

माननीय सदस्यहरु संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्धामा प्रतिनिधि सभामा छलफल गर्न नपाइने व्यवस्थाप्रति यहाँहरुको ध्यानाकर्षण गराउँदछु ।

एमाले सांसदहरु

पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद
संसदीय मर्यादा कायम गर
गैर सांसदलाई प्रवेश निषेध गर
यथास्थितिमा संसद चल्न सक्दैन
संवैधानिक सर्वोच्चता कायम गर

सभामुख
प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१ को खण्ड ख ग र घ को प्रावधान पालना गर्न आग्रह गर्दछु

एमाले सांसदहरु
पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद
संसदीय मर्यादा कायम गर
गैर सांसदलाई प्रवेश निषेध गर
यथास्थितिमा संसद चल्न सक्दैन
संवैधानिक सर्वोच्चता कायम गर

माननीय सदस्यहरुले नियमित रुपमा नाराबाजी गरेर अवरोध गर्दा अन्य बोल्न चाहने माननीय ज्यूहरुको बोल्न पाउने अधिकार हनन् भएको छ । देशमा बाढी पहिरोको समस्याका बारेमा बोल्नुपर्ने छ । कृपया आफ्नो आसनमा गएर सदन सञ्चालनका लागि सहयोग गरिदिनुहुन आग्रह गर्दछु ।

एमाले सांसदहरु

पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद
संसदीय मर्यादा कायम गर
गैर सांसदलाई प्रवेश निषेध गर
यथास्थितिमा संसद चल्न सक्दैन
संवैधानिक सर्वोच्चता कायम गर

सभामुख

विश्वव्यापी रुपमा एउटा मान्यता स्थापित छ । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको भनाईलाई अवरोध गर्न मिल्दैन । सदन सञ्चालनको वातावरण बनाउन सत्तापक्ष र प्रतिपक्ष दललाई आग्रह गर्दछु । विशेषगरी अहिले प्रतिपक्ष दललाई पहल गर्न आग्रह गर्दछु । म सबैलाई समान व्यवहार गरेर जाने प्रतिवद्धता ब्यक्त गर्दछु ।

यो पनि पढ्नुहोस  कर्णालीमा शुक्रबार बिहान १४ जना कोरोना संक्रमित थपिए

एमाले सांसदहरु

पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद
संसदीय मर्यादा कायम गर
गैर सांसदलाई प्रवेश निषेध गर
यथास्थितिमा संसद चल्न सक्दैन
संवैधानिक सर्वोच्चता कायम गर

सभामुख

माननीय सदस्यहरु मैले संसदीय मर्यादा कायम राख्नका लागि नै मैले पटक पटक अनुरोध गरिरहेको छु । तपाईहरुले संसदीय मर्यादा कायम गर भन्ने कुरामा मेरो सहमति छ । वादविवाद गर्यौै अव सहमतितिर लागौँ ।

एमाले सांसदहरु

पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद
संसदीय मर्यादा कायम गर
गैर सांसदलाई प्रवेश निषेध गर
यथास्थितिमा संसद चल्न सक्दैन
संवैधानिक सर्वोच्चता कायम गर

सभामुख

माननीय सदस्यहरु अब अर्को बैठक आजै १५ मिनेटपछि बस्ने जानकारी गराउँदै यो बैठक यही सकिएको जानकारी गराउँछु ।

२७,भाद्र.२०७८,आईतवार १४:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: