काठमाडौं । प्रतिनिधिसभा बैठकको अवरोध हटाउनका लागि छलफल शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटकपटक संसद बैठक अवरुद्ध पारेपछि यसको निकासका लागि पहल शुरु गरिएको हो ।
छलफलमा सभामुख अग्निप्रसाद सापकोटा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई, एमाले सांसद खगराज अधिकारी, चन्दा चौधरी र कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।
एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा लगातार संसद अवरोध गर्दै आएको छ ।
आइतबार पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक शुरु गर्नेवित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरेका छन् । करिव २० मिनेट विपक्षी सांसदले नाराबाजी गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्