अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं ४ मा मतदानका क्रममा मतपत्रमा मतदान अधिकृतको...

पुरा पढ्नुहाेस्

नेकपा एमालेका सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन

5.1K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका सांसदको अवरोधकै बीच राष्ट्रियसभा बैठक सञ्चालन भएको छ ।

सोमबार नेकपा एमालेका सांसदले उठेर विरोध गरिरहेका बेला अध्यक्ष गणेश तिमिल्सिनाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित लोकसेवा आयोगसम्बन्धी विधेयक बैठकमा पेश गर्न अनुमति दिए ।

त्यसपछि बैठकमा एकीकृत समाजवादीका सांसद ठगेन्द्रप्रकाश पुरीले लोकसेवा आयोगसम्बन्धी प्रतिवेदन पेश गरे । बैठकको सुरुमा नै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

तर अध्यक्ष गणेश तिमिल्सिनाले एमाले सांसदलाई ‘यहाँको कुरा सम्बन्धित सबैलाई जानकारी छ । ढिलो चाँडो निकास पनि आउनेनै छ’ भन्दै बैठक अघि बढाएका हुन् । विधेयकको प्रतिवेदन पेश गरेपछि सोमबारको राष्ट्रियसभा बैठक स्थगित भएको छ ।

IME
khanepani