काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

प्रेमिकाको अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ

4.46K
shares
khanepani bord

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा प्रेमिकाको अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । दोलखाको बैतेश्वर गाउँपालिका-८ ठेगाना भइ काठमाडौं टोखास्थित धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेललाई प्रहरीले पक्राउ गरेको हो ।

आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परे पश्चात उनले पोष्ट गरी चरित्र हत्या गरेको बताइएको छ । यससम्बन्धमा उजुरी परेपछि प्रहरीले जिरेललाई काभ्रेको पाँचखालबाट पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाका अनुसार उनलाई विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

IME
khanepani