काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका...

पुरा पढ्नुहाेस्

चिकित्सकका छाता संगठनहरुको तीव्र विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव रहने

4.84K
shares
khanepani bord

काठमाडौं । चिकित्सकका छाता संगठनहरुको तीव्र विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राखिने भएको छ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्यतर्फकै सचिव राख्ने गरी सांगठनिक संरचना बनाउने निर्णय गरेको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयकी निमित्त निर्देशक सावित्री पौडेलले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्य सेवातर्फको ११ औं तहको सचिव रहने सांगठनिक संरचना तयार गरेको बताइन् । ‘अहिले क्याबिनेबाट पास भइसकेको छ, अब लागु हुन्छ,’ उनले भनिन् ।

यसअघि बागमती प्रदेशको मन्त्रालयले बनाएको प्रस्तावित दरबन्दी तेरिजमा मन्त्रालयमा संघीय सेवाको राजपत्रांकित प्रथम तहको सचिव रहने उल्लेख थियो । पौडेलका अनुसार मन्त्रालयको अन्य कुनै पनि संचरनामा परिवर्तन गरिएको छैन । स्वास्थ्य सचिवमा ११ औं तहको स्वास्थ्य सेवाको अधिकारी रहने व्यवस्था गरिएको छ ।

यस्तै, मन्त्रालयमा ९/१० औं तहको अधिकृतस्तरको प्रशासनतर्फकै उपसचिव रहने सांगठिक संरचनामा छ । त्यसपछि मात्र स्वास्थ्य सेवातर्फका कर्मचारीलाई मन्त्रालयको प्रस्ताविक सांगठनिक संरचनामा स्थान दिइएको छ ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फको वरिष्ठ जनस्वास्थ्य निरीक्षक (हेई) ९/१० औं तह १ जना, वरिष्ठ उपस्वास्थ्य प्रशासक ९/१० औं १ जना, आयुर्वेद चिकित्सक ८ औं तह १ जना, अधिकृत प्रशासन ७/८ औं तह २ जना, न्याय सेवाको कानून अधिकृत १ जना, लेखा अधिकृत प्रशासन लेखा समूहको ७/८ औं तहको १ जना, जनस्वास्थ्य अधिकृत (हेई) ७/८ औं तहको एक जना, जनस्वास्थ्य शिक्षा अधिकृत (हेए) ७/८ औं तहको १ जना प्रस्ताव गरिएको छ ।

यस्तै कम्युनिटी नर्सिङ अधिकृत ७/८ तहको १ जना, फार्मेसी अधिकृत ७/८ तहको १ जना, सहायक/अधिकृत प्रशासनतर्फको ५/६ औं तहको २ जना, सहायक कम्प्युटर ४/५ औं तहका २ जना, सहलेखापाल प्रशासन लेखाको ४/५ औं तहका १ जना, हसचा तहबिहीन ३ जना, कार्यालय सहयोगी तहविहीन ४ जना गरी कुल २५ जनाको प्रस्तावित दरबन्दी तयार पारिएको छ।

प्रदेशमा कार्यरत स्वास्थ्यका अधिकारी र कर्मचारीहरुले मन्त्रालयमा प्रशासनतर्फको सचिव राख्न थालिएको भन्दै प्रदेशको स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएका थिए ।

सरकारी चिकित्सक संघ गोदानले बागमती प्रदेशमा गठन गरिएको स्वास्थ्य मन्त्रालयको प्रस्तावित दरबन्दीमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य क्षेत्रको ज्ञान नभएको व्यक्तिलाई मन्त्रालयको प्रशासनको नेतृत्व दिनु हास्यास्पद र गैरजिम्मेवार भन्दै विरोध गरेको थियो । त्यसैगरी नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीकै नेतृत्वमा स्वास्थ्य मन्त्रालय सञ्चालन हुनुपर्ने र सोही बमोजिमको मेडिकल अधिकृतसहित विशेषज्ञ चिकित्सकहरुको दरबन्दी सुनिश्चित गर्न महाशाखा, विभाग, शाखाको उचित व्यवस्था गर्ने गरी हाल प्रस्तावित गरिएको दरबन्दी तुरुन्त सच्याउन माग गरेको थियो ।

khanepani