गण्डकी प्रदेशमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण, थप १ को मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९६९ जनाको नमुना परीक्षण गरिएकामा १४१ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ५९ महिला र ८२ जना पुरुष रहेका छन् ।

प्रदेशका ४ जिल्लामा गरिएको नमुना परीक्षणमा सवैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ९४, बागलुङ ३, स्याङ्जा १२ म्याग्दी २,पर्वत २, गोरखा ६, तनहुँमा ५ र नवलपरासी पूर्व १७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार ८१३ पुगेको छ ।

गण्डकीमा मंगलबार नवलपरासी पूर्व, गैडाकोट–१७ की ६२ बर्षिय कोरोना संक्रमित महिलाको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३३ पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा २०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८० हजार ७९९ पुगेको छ ।

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ६८१ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

२९,भाद्र.२०७८,मंगलवार १८:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्