राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारीमा डा. प्रमोद जोशी

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी डा. प्रमोद जोशीले पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मंगलबार राज्यमन्त्री स्तरीय निर्णयबाट जोशीलाई ट्रमा सेन्टरमा पठाएका हुन् ।
त्यस्तै राष्ट्रिय स्वास्थ्य तथा सूचना केन्द्रको निर्देशकको जिम्मेवारी सुनील शर्माले पाएका मन्त्रालय स्रोतले जनाएको छ ।

२९,भाद्र.२०७८,मंगलवार १८:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्