८५ जना सहसचिवको सरुवा, पठाइयो अधिकांशलाई प्रदेशमा (सूचीसहित)

काठमाडौँ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।

प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार नेपाल शिक्षा सेवा ४, नेपाल कृषि सेवा १३, नेपाल इन्जिनियरिङ सेवा ९, जना वन सेवा ५ र नेपाल प्रशासन सेवा ५४ गरी ८५ जना सहसचिवको सरुवा भएको हो ।

प्रधानमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णयबाट मंगलबार कामकाजका लागि खटाउने निर्णय गरेका हुन् ।

प्रदेशको बसाई पुगेका र सङ्घबाट ती ठाउँमा जानु पर्ने गरी करिब दुई दर्जन सहसचिवबाट सुरु भएको सूची निर्णय हुँदासम्म ८५ जना पुगेको छ ।

पछिल्लो समय त्यो सूची बढेर ५८ जनामा पुगेको थियो । उक्त सूचीमा समावेश भएका मध्ये केही सहसचिवहरूको फेरबदल भएको छ ।

यस पटकको सरुवामा शक्तिकेन्द्रबाट निकै धेरै दबाब आयो । जसका कारण कैयन पटक सूची परिवर्तन गर्नु पर्‍यो । केही सहसचिवहरूले रोजाइको ठाउँमा जान सत्ता गठबन्धनका नेताहरू कहाँ निकै धाए । जसले गर्दा पनि निर्णयमा असर पुग्न गयो र सहसचिवको सरुवा गर्न नै महिनौँ लाग्यो ।

सरुवा गरिएका सहसचिवकोहरुको पत्र तयारी अवस्थामा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

३०,भाद्र.२०७८,बुधबार ०८:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्