शंकर पोखरेलविरूद्ध सांसद वलीले दिएको अपहरणसम्बन्धी जाहेरी बुटवलमा दर्ता भएन, दाङ पठाउने तयारी

लुम्बिनी । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित चार जनाविरूद्ध नेकपा (माओवादी केन्द्र) की प्रदेश सभा सदस्य विमलाकुमारी वलीले अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी बुटवल प्रहरीमा दिएकि छन।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद वलीसँगै आफू इलाका प्रहरी कार्यालय बुटवलमा गएर सोमबार पूर्वमुख्यमन्त्री पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका (चालक) तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरूद्ध जाहेरी दिएको जानकारी दिए।

माओवादी प्रमुख सचेतक घर्तीले तत्कालीन मुख्यमन्त्री पोखरेलको निर्देशनमा साउन १५ गते सांसद वलीलाई दाङको तुलसीपुर उपमहानगरपालिका-६ स्थित घरबाट जबरजस्ती उठाएर ल्याएको र मुख्यमन्त्रीको बुटवलस्थित कार्यालयमा ५ दिनसम्म बन्धक बनाएर राखेको हुँदा चार जनाविरूद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी जाहेरी दिनु परेको बताए।

घर्तीले इप्रका बुटवलका डिएसपी मदन कुँवरले आफूहरूलाई जाहेरी दर्ता गरेको प्रमाण पत्रसमेत उपलब्ध गराइसकेको जानकारी दिए।

डिएसपी कुँवरले सोमबार आएर सांसद विमला र माओवादीका नेताहरू आएर सोमबार आफूकहाँ जाहेरी दिएको स्वीकार गरे।

‘मुद्दा अपहरण र शरीर बन्धकसम्बन्धी छ,’ डिएसपी कँवुरले भने, ‘चार जनाविरूद्ध किटानी जाहेरी छ।’डिएसपी कुँवरले आफूकहाँ आएको जाहेरी दाङ पठाउने प्रक्रियाको थालनी भएको बताए। जाहेरी दर्ता बुटवलमा हुँदैन,’ कुँवरले भने, ‘त्यो दाङबाटै हुने छ।’

रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले पनि पूर्वमुख्यमन्त्री पोखरेललगायत चार जनाविरूद्ध बुटवलमा किटानी जाहेरी प्राप्त भए पनि घटनाको सुरू दाङबाटै भएको हुँदा दाङमा जाहेरी पठाउने प्रक्रियामा आफूहरू रहेको ताए।

३०,भाद्र.२०७८,बुधबार १०:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्