काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

प्रदीप ज्ञवाली भने, ‘सरकारले सुकुम्बासीको पेटमा लात हान्यो’

4.76K
shares
khanepani bord

रुपन्देही । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले गठबन्धन सरकारले भूमिहीन सुकुम्बासीको पेटमा लात हानेको आरोप लगाएका छन् ।

नेकपा एमाले कपिलवस्तुले मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले भूमि समस्या समाधान आयोग विघटन गरेकोमा गठबन्धन सरकारप्रति आक्रोश व्यक्त गरे । उनले देउवा सरकार गठन भएलगत्तै सुकुम्बासीलाई निशाना बनाएको बताए ।

सरकारको प्रमुख काम जनताका मौलिक हक प्रदान गरी जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने भए पनि सुरुमै भूमि आयोग खारेज गरेर जनताको पेटमा लात हानेको बताए ।

‘देश र जनताका अत्यावश्यक समस्या समाधान गर्नुको सट्टा समाधान उन्मूख भूमिहीनको बस्ने बास नै धरापमा पारिदिएको छ,’ ज्ञवालीले प्रश्न गरे, सरकार गठनको दुई महिना बित्दासमेत मन्त्रिपरिषद विस्तार हुनसकेको छैन, यो सरकारले जनताको हितमा काम गर्छ भनेर विश्वास कसले गर्न सक्छ र ?’

नेता ज्ञवालीले एमसीसीमा केपी ओली नेतृत्वको सरकारको कुुनै हात नभएको बताएका छन् । बाहिर एमाले सरकारको पालामा एमसीसी सम्झौता भएको भन्ने गलत भ्रम छर्न खोजिएको भन्दै उनले एमसीसी सम्झौता पास गर्ने रोलमा आफूहरु नभएको र अहिले यसबारे कुनै प्रतिक्रिया दिन जरुरी नभएको बताए । उनले भने ‘तर अब सम्झौता पास गर्ने रोलमा आए गहिरो अध्ययन गरेर देश र जनताको हितमा काम गर्ने गरी निर्णय गर्नुपर्दछ ।’

ज्ञवालीले आफ्नै पार्टीका केही नेताको स्वार्थका कारण पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेको बताउँदै संसारमा कहिँ नभएको र कहिल्यै पनि हुननसक्ने काम सर्वोच्चले गरेको टिप्पणी गरेका छन् । सर्वोच्चको परमादेशले प्रधानमन्त्री तोक्नु लज्जास्पद भएको भन्दै निर्वाचन आयोग, अदालत, सभामुख र आफ्नै पार्टीका केही नेताले बहुमत सांसद हुँदाहुँदै पनि विभिन्न जाल बुनि सरकार ढाल्नु दुःखद भएको उनको भनाइ थियो ।

IME
khanepani