पछिल्लो २४ घण्टामा थप १,७६० जनमा कोरोना भाइरस संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १७६० जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिएका हुन् ।

कूल १६ हजार ८४४ नमुना परीक्षण (१२ हजार ५२४ पीसीआर र ४३२० एन्टीजेन) गर्दा ती संक्रमित थपिएका हुन् ।

बुधबार १२२० जना निको भएका छन् भने ७ जनाको कोभिड संक्रमणको कारण मृत्यु भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार ४९५ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमित संख्या २६ हजार ३०३ छ । आजको पजेटिभिटी दर १०.६ प्रतिशत छ । ११ जिल्लामा सक्रिय संक्रमण ५०० भन्दा माथि छ ।

६० लाख ४ हजार १९ ले पहिलो डोज खोप लगाएका छन् । ५४ लाखले पूर्ण मात्रा लगाएका छन् । कूल खोप लगाउने संख्या १ करोड १४ लाख मात्रा रहेको छ । आजसम्म नेपालका कोरोना संक्रमणको कारण १० हजार ९९१ जनाको मृत्यु भएको छ ।

३०,भाद्र.२०७८,बुधबार १६:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्